Subscribe Twitter FaceBook

Pages

Thursday, July 14, 2016

कांग्रेस, माओवादी र राप्रपा नेपालबाट सुरक्षा गोष्ठी बहिस्कार, प्रधानमन्त्रीबाट दुःख व्यक्त

Advertisements:

३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।sherbahadur and prachanda


बिहीबार रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले सुरक्षा गोष्ठी आयोजना गरेको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय देउवा, प्रचण्ड, सभामुख ओनसरी घर्ती र सत्ता साझेदार राप्रपा नेपाललाई पनि निमन्त्रणा गरिएको थियो । उनीहरू सबैलाई मञ्चमा अलग्गै आसनको व्यवस्था गरिएको थियो । तर, अनुपस्थित भएपछि आयोजकले मञ्चबाट उनीहरुको ‘नेम प्लेट’ हटाएका थिए ।


जब आफ्नो बोल्ने पालो आयो तब प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे । उनले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता गरिएको तर प्रमुख दलको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री नै कार्यक्रममा अनुपस्थित हुनु चिन्ताको विषय भएको बताए ।


राष्ट्रिय सुरक्षा सबै दलको साझा सरोकारको विषय भएको भन्दै उनले यस विषयमा सबैको समान धारणा बनाउन आवश्यक रहेको बताए ।


कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डको अनुपस्थितिलाई लिएर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि असन्तुष्टि जनाए । उनीहरुले राष्ट्रिय सुरक्षा राष्ट्रिय हित र सार्वभौमसत्ताासँग जोडिएको भन्दै यस्तो गम्भीर विषयलाई दलीय आँखाले हेर्नु चिन्ताजनक भएको बताए ।



कांग्रेस, माओवादी र राप्रपा नेपालबाट सुरक्षा गोष्ठी बहिस्कार, प्रधानमन्त्रीबाट दुःख व्यक्त
Advertisements:

0 comments:

Post a Comment

Recent Posts